भारत, पुस ११ भारतको केन्द्रीय राजधानी दिल्लीमा फेरि अर्को आगलागीको घटना भएको छ । केही दिनदेखि भइरहेका आगलागीका घटना मध्ये बिहीबार भएको पछिल्लो घटनामा परेका ४० जनालाई जीवितै उद्धार गरिएको छ । नयाँ दिल्लीमा अवस्थित अग्नीनियन्त्रण विभागका उद्धारकर्ताहरुले कृष्णनगरमा रहेको एउटा भवनमा भएको आगलागीमा परेकाहरुलाई जिवितै उद्धार गरेका हुन् । बिहीबार राति करिब २ बजेतिर उक्त आगलागी भएको बताइएको छ । घटनालगत्तै उद्धारकर्ताहरु घटनास्थलमा पुगेकाले मानवीय क्षति भने नभएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।