काठमाडौं ।
प्रभुु बैंकले बाग्लुुङ जिल्लाको पहिरोले क्षतिग्रस्त स्थानमा रकम सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत बाग्लुङको बाढीपहिरोले क्षतिग्रस्त ढोरपाटन नगरपालिकाको वडा नं. ७, ८ र ९ को गण्डकी प्रदेश लागि पाँच लाख रुपैयाँ रकम सहयोग गरेको हो ।
बैंकका अनुसार उक्त क्षेत्रको आर्थिक मामिला मन्त्री किरण गुरुङ र भौतिक योजना मन्त्री रामशरण बस्नेतबाट विशेष निरीक्षण भएको छ । सो अवसरमा बाढी प्रभावित बोबाङ वडाअन्तर्गतका स्थानीयहरूसँग उनीहरूले प्रत्यक्ष भेट गरेका छन् । स्थानीयहरूको समस्या बुझी चाँडो उक्त ठाउँहरूमा केन्द्रीय विद्युत् प्रसारण लाइनको सेवा पु-याउने क्षतविक्षत भएका संरचनाहरूको निर्माणका लागि प्रदेशका तर्फबाट विशेष प्रकारको सुविधासम्पन्न सेवा प्रवाहका लागि कार्यालय स्थापना गर्ने जानकारी दिइएको छ । सो स्थानमा पहिरोले करिब ३७ जनाले ज्यान गुमाएको, विद्यालय, स्वास्थ्य चौकी, लघु जलविद्युत्, पुल र एक सयवटा जति घर उक्त घटनाको कारण ध्वस्त भएका छन् ।
बुर्तिबाङ बजारमा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख, आर्थिक मामिला मन्त्री र भौतिक योजनामन्त्रीले विशेष मन्तव्य राखेका थिए । उक्त अवसरमा प्रभु बैंकका प्रमुख कारी अधिकृत अशोक शेरचनद्वारा नगरपालिकालाई बाढीपिडित उद्वार कोषमा रकम सहयोग गरेका हुुन् । बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा एक अर्ब ३६ करोड ६९ लाख ७४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ७८ करोड ३५ लाख ९३ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १० अर्ब ३१ करोड ५५ लाख सात हजार रुपैयाँ रहेको बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा एक खर्ब २८ अर्ब ४९ करोड ४३ लाख ५४ हजार रुपैयाँ निक्षेप संंकलन गरी ९९ अर्ब ६९ करोड २१ लाख १० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब ६४ करोड ५८ लाख १५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब आठ करोड २६ लाख १७ हजार रुपैयाँ रहेको छ ।
निष्क्रिय कर्जाको अनुुपात दुई दशमलव ८१ प्रतिशत रहेको बैंकको स्प्रेड दर भने तीन दशमलव ५७ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा एक खर्ब पाँच अर्ब ४८ करोड ८५ लाख छ हजार रुपैयाँ निक्षेप संंकलन गरी ८५ अर्ब ८२ करोड ११ लाख ७६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब ३९ करोड ८० लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ७० प्रतिशत रहेको थियो ।