काठमाडौं ।
सानिमा इक्विटी फण्डको प्रतिफल घोषणा भएको छ । सानिमा बैंक लिमिटेड कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सानिमा म्युचअल फण्डद्वारा सञ्चालित सानिमा इक्विटी फण्ड नामक योजनाले प्रतिफल घोषणा गरेको हो ।
फण्डले गत आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न गरेको र सोलगत्तै आइतबार बसेको क्यापिटल सञ्चालक समितिको बैंठकले गत आर्थिक वर्षको मुुनाफा तथा सोही अवधिमा कायम रहेको सञ्चित जगेडाबाट समेत गरी सानिमा फण्डको एकाइधनीहरूलाई योजनाको आकार एक अर्ब ३० करोड रुपैयाँ मानेर करसहित सात प्रतिशतले हुुन आउने कुल रकम नौ करोड १० लाख रुपैयाँ लाभांश वितरण गर्ने घोषण गरेको हो ।