वेइजिड. ।
चीनको प्रशोधित तेल उपभोग जनवरी–अगस्ट अवधिमा घटेको छ । सरकारी औद्योगिक तथ्यांकअनुसार उक्त अवधिमा २१ करोड ७३ लाख टन तेल उपभोग भएको हो । जुन वर्षगत तुलनामा साढे ३ प्रतिशतले कम भएको नेशनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनले जनाएको हो ।
वर्षगत तुलनामा पेट्रोलियम उपभोग शून्य दशमलव पाँच प्रतिशतले घटेको छ भने हवाइ इन्धन उपभोगमा ३८.४ प्रतिशतको गिरावट आएको छ । तर सोही अवधिमा डिजेल भने दुई प्रतिशतले उपभोग बढेको छ । यद्यपि प्राकृतिक ग्यासको उपभोग भने पहिलो आठ महिनामा दुई सय पाँच अर्ब क्युबिक मिटर उपभोग भएको तथ्यांकले देखाएको छ । जुन वर्षगत तुलनामा ३.२ प्रतिशतले बढी हो ।