काठमाडौं ।
जगदम्बा मोटर्स र दराज एपबीच व्यावसायिक सम्झौता भएको छ । यी दुई कम्पनीबीच भएको सम्झौताले दराज एपबाट टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई प्रत्यक्ष फाइदा पुग्नेछ । दुवै कम्पनीले गरेको सम्झौताले दराज एपबाट टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने सुरुवाती २० जनाले पाँच हजार पाँच सय रुपैयाँ बराबरको स्पेसल डिस्काउन्ट भौचर प्राप्त गर्न सक्नेछन् । यसका साथै बम्पर उपहारमा दराज एपबाट मोटरसाइकल तथा स्कुटर खरिद गर्नेमध्ये एक जनाले टीभीएस आरटीआर १६० फोर भी सिंगल डिस्क मोटरसाइकल जित्न सक्नेछन् ।
जगदम्बा मोटर्स प्रालि र दराज एपबीच भएको सम्झौताअनुसार अक्टोबर ५ देखि अक्टोबर १४ तारिखसम्म ‘दराज दशैँ धमाका’ नामक स्किममा टीभीएसका मोटरसाइकल खरिद गर्ने ग्राहकले यस्तो छुट प्राप्त गर्न सक्नेछन् । कम्पनीले सञ्चालन गरेको ‘टीभीएस दशैंको आशा’ योजनाअन्तर्गत दिइएको मोटरसाइकलमा नौ हजार छुट र स्कुटरमा सात हजार छुटको स्किम ग्राहकले दराजमा पनि पाउनेछन् ।