काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको ऋणपत्रमा उल्लेख्य सहभागिता देखिएको छ । बैंकले यही असोज १६ गतेबाट निष्काशन गरेको तीन अर्बको आठ दशमलव ५० प्रतिशत एसबीएल डिबेन्चर २०८४ ऋणपत्रमा लगानीकर्ताको उल्लेखनीय सहभागिता रहेको कारण छोटो समयमै मागभन्दा बढी रकमको लागि आवेदन प्राप्त भएको बैंकले जानकारी दिएको छ । सोही कारण उक्त ऋणपत्रको यही असोज २० गते नै बन्द गरिएको हो । लगानीकर्ताहरुको महत्वपूर्ण सहभागिता एवं अपार विश्वासका साथ अधिक सदस्यता प्राप्त गर्दै बैंकले सम्पूर्ण लगानीकर्ताप्रति कृतज्ञता व्यक्त गरेको छ ।