काठमाडौं । हिमालयन बैंकको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का अनुसार बैंकको १० प्रतिशतको अनुपातमा ८५ लाख २० हजार दुई सय ५५ दशमलव ८४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । पछिल्लोपटक बैंकको प्रतिकित्ता पाँच सय ६५ रुपैयाँमा सेयर किनबेच भएको छ । बजार पुँजीकरण ५२ अर्ब ९५ करोड ३३ लाख ९१ हजार ४० रुपैयाँ पुगेको बैंकको नेप्सेमा भने एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको नौ अर्ब ३७ करोड २२ लाख ८१ हजार छ सय रुपैयाँबराबरको नौ करोड ३७ लाख २२ हजार आठ सय १६ कित्ता सेयर सूचीकृत रहेको छ ।