काठमाडौं ।
सानिमा बैंकका ग्राहकहरूले सस्तो डिलमा सामान किन्दा छुट पाउने भएका छन् । बैंकका अनुसार नेपालीहरूको महान चाड बडा दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरूका लागि विभिन्न छुटका योजनाहरू ल्याउने क्रममा बिग डिल एट सस्तो डिल योजना सार्वजनिक गरिएको हो ।
अनलाइन सपिङ पोर्टल सस्तो डिलसँगको सहकार्यमा सञ्चालित यस योजनामा बैंकको मोबाइल बैंकिङ एप, सानिमा सजिलो ई–बैंकिङ प्रयोगकर्ताले क्यूआर कोड स्क्यानमार्फत भुक्तानी गर्दा २५ प्रतिशत छुट वा अधिकतम दुई हजार पाँच सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । योजना अवधिभर सहभागी हुने ग्राहकहरूलाई फर्स्ट कम फर्स्ट सर्भको आधारमा छुट प्रदान गरिने बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार यो योजना २७ आश्विनदेखि १ कात्तिक २०७७ गतेसम्म पाँच दिनका लागि लागू हुनेछ । बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टर ८१ वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।