काठमाडौं ।
सनराइज बैंकले दरबार हाइ स्कुलमा डिजिटल शिक्षा विकास गर्न रकम सहयोग गरेको छ । बैंकले जोन्ता क्लब काठमाडौँंसँग सहकार्य गरी दरबार हाइ स्कुलअन्तर्गतको भानु माविका विद्यार्थीहरूलाई डिजिटल कक्षा सञ्चालन गर्न जोन्ता क्लब काठमाडौँलाई तीन लाख रुपैयाँ सहयोग गरेको जानकारी दिएको छ ।
स्थापनाको १३औं वर्ष पूरा भई १४औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग कार्य निरन्तर गरिरहने प्रतिबद्धता जनाएअनुसार जोन्ता क्लब काठमाडौँंलाई बैंकले आर्थिक सहयोग गरेको जनाएको छ ।
कोभिड १९ ले शैक्षिक संस्थाहरू पूर्णरूपले सञ्चालन गर्न नसकिएको हालको अवस्थामा केही निजि विद्यालयहरूले डिजिटल कक्षाहरू सञ्चालन गर्दै आएका छन् तर सरकारी विद्यालयहरूमा भने डिजिटल कक्षाहरू सञ्चालन गर्न प्रयाप्त सोत्र, साधान र प्रविधिको अभाव रहेको अवस्थामा बैंकले उक्त रकम सहयोग गरेको हो ।
बैंकको केन्द्रीय कार्यालय गैरीधारमा आइतबार भएको एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले जोन्ता क्लब काठमाडौँंका अध्यक्ष सीमा गोल्छालार्ई चेक हस्तान्तरण गरेका थिए ।
जोन्ता क्लब काठमाडौँंका अध्यक्ष सीमा गोल्छाले बैंकले डिजिटल शिक्षालाई प्राथमिकता दिई सो सहयोगले सरकारी विद्यालय, शिक्षक र विद्यार्थीहरूलाई धेरै प्रोत्साहन मिल्ने बताएकी छिन् ।