काठमाडौं ।
‘आईएमई पे’ले दशैँको अवसरमा गरिने किनमेललाई ध्यानमा राख्दै आइएमई पे मोबाइल वालेटमार्फत गरिने भुक्तानीमा ३० प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको छ । किराना, किनुमन, ठूलो डट कम, काठमाडौं अग्र्यानिक, सोचेको डट कम र नेपमेड्सका आउटडेटेडबाट बिक्री हुने आवश्यक सामानहरू औषधि, तरकारी, फलफूल र नयाँ लत्ताकपडा खरिदको भुक्तानीमा यस्तो अफर सार्वजनिक गरिएको हो ।
आइतबारबाट सुरू भएको यो अफर कात्तिक ७ गतेसम्म कायम रहने कम्पनीको भनाइ छ । यो अफरसँगै कोरोना भाइरस (कोभिड–१९) को बढ्दो प्रभाव र अपनाउनुपर्ने सुरक्षा सतर्कताअन्तर्गत सामाजिक र भौतिक दूरी कायम गर्न आम उपभोक्तालाई सहज हुने विश्वास कम्पनीले लिएको छ ।