काठमाडौं ।
मिस युनिभर्स अब मुन एपमार्फत हुने भएको छ । ब्रेभ, बोल्ड एण्ड ब्युटिफुल प्रालिका फाउण्डर र २०१७ को मिस युनिभर्स नग्मा श्रेष्ठले मुन एप लन्च गरेका छन् । एपी वान एचडीमा प्रत्यक्ष प्रसारित कार्यक्रम ‘द नग्म्याटिक शो’मार्फत उक्त एपको लन्च गरिएको हो ।
मिस युनिभर्सका विजेताले १० लाख रुपैयाँ नगद उपहार प्राप्त गर्नेछन् । यस मुन एपलाई एन्ड्रोइडको गुगल प्ले स्टोर तथा एप्पल आईओएस दुवैमा लन्च गरिएको छ । यसमा सहभागी हुने पहिलो २० प्रतियोगीहरुको लागि निःशुल्क रजिष्ट्रेसन रहेको छ र पछिल्लो पाँच हजार प्रतियोगीहरुका लागि १ हजार रुपैयाँ तथा देश बाहिर रहेका नेपालीहरुको लागि ५० डलर रजिष्ट्रेसन शुल्क निर्धारण गरिएको छ ।
नेपालमा आयोजित सौन्दर्य प्रतियोगिताहरुमा यस प्रतियोगिताले सबैको समावेशीका लागि नयाँ उदाहरण बन्नुका साथै यसले यस क्षेत्रमा नयाँ परिवर्तन समेत ल्याउने बताइएको छ । सामूहिक विविधताको उदाहरणको रुपमा स्थापित यस प्रतियोगितामा लैंगिक विविधता मात्र नभई तौल, उचाइ तथा अन्य शारीरिक बनोटमा विविधता भएका प्रतियोगीहरुको समेत सहभागिता रहनेछ । यस प्रतियोगिताको विजेता मतदानबाट छनौट गरिनेछ ।