काठमाडौं । समृद्धि फाइनान्सको प्रमुुख कार्यकारी अधिकृतको पदमा गुुप्त बहादुर राना नियुक्त भएका छन् । फाइनान्स सञ्चालक समितिको यही असोज २६ गते बसेको तीन सय ९०औं बैठकले रानालाई संस्थापक समूहका सेयरधनीका तर्फबाट सञ्चालकमा नियुक्त गरेको हो । उनको नियुक्तिपछि फाइनान्समा पाँच सदस्यीय सञ्चालक समिति बनेको छ । हाल फाइनान्सको अध्यक्ष पदमा बिनोद कुमार सुवेदी रहेका छन् भने सञ्चालकहरूमा रानासहित शिवलाल पुरी, कुमार श्रेष्ठ र दिपक अधिकारी रहेका छन् ।