काठमाडौं ।
आरएसडिसी लघुुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाको यही असोज २४ गते शनिबार बसेको सञ्चालक समितिको एक सय तीनऔं बैठकले लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोअनुुरूप संस्थाले नौ प्रतिशत अर्थात् छ करोड चार लाख ३७ हजार ४५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि तीन दशमलव ६३ प्रतिशत अर्थात् दुुई करोड ४३ लाख ६८ हजार आठ सय ७८ रुपैयाँ नगद लाभांंश वितरण गर्ने घोषणा गरेको हो ।
संस्थाको हाल चुक्ता पुँजी ६७ करोड १५ लाख २२ हजार सात सय २० रुपैयाँ रहेको छ । लाभांश वितरणसम्बन्धी उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा सात करोड ८८ लाख ८७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा छ करोड ४१ लाख ६७ हजार रुपैयाँ रहेको थियो ।
संस्थाले गत आवको चौथो त्रैमासिक अवधिमा दुुई अर्ब ८५ करोड ६३ लाख ८२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १४ करोड २१ लाख ४८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुुई करोड ६० लाख ६५ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव २९ प्रतिशत रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा संस्थाले दुुई अर्ब ५१ करोड ५५ लाख १५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १२ करोड २९ लाख १७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुुई करोड पाँच लाख १० हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव २५ प्रतिशत रहेको थियो ।