वासिङटन । अमेरिकामा कोभिड १९ का संक्रमितको संख्या ८० लाख पुगेको छ । समाचारमा जनाइएअनुसार अमेरिकामा कोभिड संक्रमितको संख्या ८० लाख ८ हजार ४०२ पुगेको हो । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्यांकअनुसार शुक्रबार यहाँका संक्रमितको संख्या ८० लाख नाघेको हो ।