काठमाडौं, पुस १३
विगत १७ वर्ष देखि उच्चस्तरीय सेवा प्रदान गर्दै आएको सिद्धार्थ बैंकले आफ्नो सेवा सुविधालाई थप सहज र प्रविधिमैत्री बनाउनलाई सस्तो टिकेटसँग सहकार्य गर्दै विशेष सुविधा ल्याएको छ । यस सुविधा अन्तर्गत बैंकका ग्राहकहरुले सस्तो टिकेट मार्फत अनलाइन टिकेट खरिद गरिसकेपछि त्यहि प्ल्याटफर्मबाट नै सजिलैसँग विदेशी मुद्राको माग गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार ग्राहकहरुले माग गरेको विदेशी मुद्रा,नगद अथवा कार्ड, बंैकका तोकिएका शाखाहरु मध्ये आफुलाई सहज हुने शाखाबाट सजिलै संकलन गर्न सक्नेछन् । बंैकिङ्ग समयभित्र सजिलैसँग विदेशी मुद्रा अथवा कार्ड संकलन गर्न सकिने भएको हुँदा यस सुविधाले ग्राहकहरुको समयको बचत हुने बैंकले विश्वास लिएको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु-याउने उद्देश्यले बैंकले हाल देशभर एक सय ७६ वटा शाखा (चार वटा एक्स्टेन्सन् काउन्टर सहित), एक सय एक वटा शाखा रहित बैंकिङ्ग सेवा, एक सय ९७ एटिएम र १६ सय भन्दा बढी पस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।