नयाँ दिल्ली । अहिले भारत तथा नेपालमा चाडपर्व सुरु हुनैलागेको छ । कोरोना महामारीले अटो क्षेत्रलाई तहसनहस पारेको प्रतिकूल परिस्थितिमा अटो बिक्रेता कम्पनीले भने विभिन्न किसिमका अफर र छुट ल्याइरहेका छन् । यही बेला मारुती सुजुकी इन्डियाले सरकारी कर्मचारीलाई विशेष छुटसहितको बम्पर अफर ल्याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कम्पनीले कर्मचारीलाई आफ्ना सबै गाडीमा उक्त छुट र अफर दिएको बताइएको छ । मारुती सुजुकी इन्डियाले आइतबार सबै सरकारी कर्मचारीका लाग ११ हजार भारुसम्म विशेष छुटको अफर ल्याएको हो । यो अफर कम्पनीको सबै गाडीमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।