काठमाडौं ।
प्रभु बैंक लिमिटेडले रोल्पाको लिवाङमा पनि शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सोमबारदेखि रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नं. ०४ स्थित लिवाङमा आफ्नो दुुई सय १०औं शाखा खोली सञ्चालनमा ल्याएको हो । बैंकका अनुसार लिवाङ शाखा कार्यालयको समुद्घाटन रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले गरेका हुुन् ।
लिवाङमा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथि केसीले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँहरूमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरूपमा बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए । प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको भन्दै उनले बैंकलाई सफलताको शुभकामना व्यक्त गरेका छन् ।
बैंकको लिवाङमा शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ बानीको विकासमा अभिवृद्धि भई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा लिवाङ शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विस्वास लिएको बैंकले जानकारी दिएको छ ।