काठमाडौं । निसान मोटर्सको बहुप्रतीक्षित बिग, बोल्ड, ब्युटिफुल बीएसयूभी म्याग्नाइट अनलाइनमार्फत विश्वव्यापी रुपमा सार्वजनिक भएको छ । निसान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटेकर्पले जनवरी २०२१ मा निसान म्याग्नाइट लञ्च गर्ने पूर्वतयारी सुरु गरेको छ । यो ‘बिग, बोल्ड, ब्युटिफुल’ एसयूभीमा स्पोर्टी लुक्ससहित एलईडी हेडल्याम्प, एलईडी डीआरएल, फ्लोटिङ रुफ, डुअल टोन बडी पेन्ट, डुवल टोन रियर बम्परजस्ता विशेषताहरु समावेश गरिएको कम्पनीले जानकारी दिएको छ ।