काठमाडौँ  । एनआईसी एसिया बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको चार सय ६०औं बैठकले गत आर्थिक वर्षको मुनाफा एवं सञ्चित मुुनाफाबाट कुुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । घोषित लाभांशमा १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि एक प्रतिशत नगद लाभांश रहेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने बैंकले जानकारी दिएको छ ।