काठमाडौँ  । नबिल बैंकको नवनियुक्त अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले सपथग्रहण गरेका छन् । नवनियुक्त अध्यक्षलाई बुुधबार आयोजित एक भर्चुअल समारोहबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सपथग्रहण गराएका हुुन् । सपथग्रहण समारोहमा नेपाल राष्ट्र बैंक तथा नबिल बैंकका उच्चपदस्थ कर्मचारीहरूको भर्चुअल उपस्थिति रहेको थियो । २०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याल २०७७ आश्विन २० गते बैंक सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका हुुन् ।