काठमाडौं, पुस १४ जडीबुटी व्यवसायी संघको अध्यक्षमा विष्णु भण्डारी निर्वाचित भएका छन् । संघको १०औँ साधारणसभाबाट भण्डारी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । संघको राजधानीमा सम्पन्न साधारण सभाले वरिष्ठ उपाध्यक्षमा मञ्जिव शाक्य, प्रथम उपाध्यक्षमा कृष्ण कँडेल, उपाध्यक्षमा जंग बहादुर गुरुङ, सचिवमा सुनिलमान तुलाधरलाई निर्वाचित गरेको छ । यस्तै, सह सचिवमा महेश बञ्जरा, कोषाध्यक्षमा बिक्रमराज कुँवर, वरिष्ठ सदस्यमा जगदिशचन्द्र घिमिरे तथा सदस्यहरुमा मनोरथ गौतम, कमल कोइराला, देशमाया लामा, सुदीप गौतम र सुरेश सापकोटा चयन भएका छन् । चयन भएका पदाधिकारीहरुलाई निवर्तमान अध्यक्ष धन बहादुर तामाङले स्वागत गरेका थिए ।