काठमाडौं । सारथि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार साबिकको नयाँ नेपाल लघुवित्त वित्तीय संस्था र सारथि लघुवित्त वित्तीय संस्था गाभिँदा एक बराबर एकको दरमा एक सय रुपैयाँ अंकित मूल्य बराबरको २३ लाख ५३ हजार आठ सय २१ कित्ता सेयर धितोपत्र सूचीकरण विनियमावली २०७५ सूचीकरण गरिएको थियो । उक्त सूचीकृत सेयर मर्जरसम्बन्धी प्रक्रियाको लागि रोक्का गरिएकोमा कात्तिक १६ गते अर्थात् आइतबारदेखि नै मर्जर प्रयोजनको लागि रोक्का भएको सेयरको कारोबार फुकुवा गरिएको नेप्सेले जानकारी दिएको छ ।