काठमाडौं ।
अपी पावर लिमिटेडले एकैपटक दुई आर्थिक वर्र्षको वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले आगामी मंसिर ८ गते एकै पटक १६औँ र १७औँ वार्षिक साधारणसभाको आह्वान गरेको हो । कम्पनीको कार्यालय ट्रेड टावरमा हुने उक्त वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५/०७६ को खुद मुनाफाबाट चुक्ता पुँजीको पाँच प्रतिशतका दरले बोनस सेयर र आर्थिक वर्ष २०७६/०७७ को खुद मुनाफाबाट चुक्ता पुँजीको नौ प्रतिशत समेत गरी कुल १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयार गरेको छ ।
कम्पनीले सोही वार्षिक साधारणसभामार्फत कर प्रयोजनको लागि दुवै आर्थिक वर्षबाट क्रमशः शून्य दशमलव २६ प्रतिशत र शून्य दशमलव ४७ प्रतिशत नगद लाभांश वितरण गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक कम्पनीले सोही वार्षिक साधारणसभामार्फत पुँजी वृद्धिको लागि हकप्रद सेयर जारी गर्नेलगायतका प्रस्ताव पारित गर्ने समेतको तयारी गरेको छ ।