काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडमा महाप्रबन्धक एस के तमोटको कार्यकाल तीन महिनाको लागि थप भएको छ । कम्पनीका अनुसार महाप्रबन्धक तमोटको कार्यकाल यही कात्तिक १८ गतेसम्म रहेकोमा कम्पनीको कात्तिक १४ गते साँझ बसेको सञ्चालक समितिको बैठकले आगामी तीन महिनाको लागि तमोटको कार्यकाल थप गरेको हो । थप कार्यकाल यही कात्तिक १८ गतेदेखि नै कार्यान्वयनमा आउने कम्पनीले जानकारी दिएको छ ।