काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत भएको छ । नेप्सेका अनुसार सोमबार कम्पनीको एक सय प्रतिशत अर्थात् ९३ लाख ८५ हजार दुुई सय कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । कम्पनीको नेप्सेमा भने प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको एक अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँबराबरको एक करोड ८७ लाख ७० हजार चार सय कित्ता सेयर सूचीकृत रहेको छ ।