काठमाडौँ । तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले दिएको जानकारीअनुसार बैंकको सोमबार १२ प्रतिशत अर्थात् १३ लाख ७३ हजार एक दशमलव ७५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । पछिल्लो पटक प्रतिकित्ता एक सय ९७ रुपैयाँमा सेयर कारोबार भएको बैंकको बजार पुँजीकरण भने तीन अर्ब ५७ करोड १८ लाख ६० हजार पाँच सय ८४ रुपैयाँ पुुगेको छ । नेप्सेमा भने बैंकको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको एक अर्ब ८१ करोड ३१ लाख २७ हजार दुई सय रुपैयाँ बराबरको एक करोड ८१ लाख ३१ हजार दुई सय ७२ कित्ता सेयर सूचीकृत रहेको छ ।