काठमाडौं ।
१६ देशलाई पछि पार्दै नेपालकी प्रिन्सा खड्काले ‘गोल्डेन क्विन अफ २०२०’ जितेकी छिन् । गत वर्ष इजिप्टमा आयोजित अन्तर्राष्ट्रिय ब्युटी एण्ड प्याजेन्ट शोमा ‘मिनी मोडल वल्ड २०१९’ को क्राउनसँगै बेष्ट डान्सर र दुई महिनाअगाडि फस्र्ट प्लेस ‘गोल्ड प्रिन्सेस अफ द वल्ड २०२०’ को उपाधिसँगै स्पेसियल अवार्ड अफ द फेस्टिवलअन्तर्गत ‘प्रिन्सेस ओर्जिनालिटी’ अवार्ड जितेकी प्रिन्सा खड्काले फेरि अर्को अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जित हासिल गरेकी हुन् ।
नेपालको प्रतिनिधित्व गर्दै भाग लिएकी ७ वर्षीया प्रिन्सा खड्काले सबैलाई पछि पार्दै ‘गोल्डेन क्विन’को उपाधि हात पारेकी हुन् । मंगलबार टिभी स्टार्ट फेस्टिवलले ‘गोल्डेन क्विन अफ द टिभी स्टार्ट वल्ड २०२०’ घोषणा गरेको हो । अनलाइनमार्फत विभिन्न चरणमा सम्पन्न प्रतिस्पर्धामा उक्त सफलता प्रिन्साले हात पारेकी हुन् । प्रतियोगितामा प्रिन्साको विभिन्न भिडियो र तस्बिरहरु प्रतिस्पर्धाको लागि आयोजकलाई उपलब्ध गराइएको थियो । कार्यक्रमको संयोजन नेपालस्थित मोर्निङ ग्लोरी इन्टरटेनमेन्ट र मोहना मोथे खनालले गरेका थिए ।
प्रिन्साले दुई महिनाअघि मात्र साउथ युरोपको बुल्गेरियामा अनलाइनमार्फत आयोजित ‘प्रिन्स एण्ड प्रिन्सेस अफ द वर्ल्ड २०२०’ मा नेपालको प्रतिनिधित्व गर्दै ७ वर्षीया प्रिन्सा खड्काले फर्स्ट प्लेस ‘गोल्ड प्रिन्सेस अफ द वर्ल्ड २०२०’ को उपाधिसँगै स्पेसियल अवार्ड अफ द फेस्टिवलअन्तर्गत ‘प्रिन्सेस ओर्जिनालिटी’ अवार्ड पनि जितेकी थिइन् । रुकुमकी प्रिन्सा खड्काले यसअघि नेपालमा आयोजित ‘क्विक्स मिनी लिटल च्याम्प नेपाल २०१९’ लगायत धेरै टाइटल जितिसकेकी छिन् ।