काठमाडौं ।
आरएमडीसी लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा छ करोड पाँच लाख ८३ हजार रुपैयाँ खुुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाले सात करोड ३५ लाख सात हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
हाल चुक्ता पुँजी एक अर्ब तीन करोड ४२ लाख २१ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासिक अवधिमा आठ अर्ब २७ करोड पाँच लाख ५३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १० करोड १८ लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १० लाख ६७ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ५९ रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले आठ अर्ब ११ करोड ७८ लाख छ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड ८५ लाख ७६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा निष्क्रिय कर्जाको अनुपात शून्य रहेको थियो ।