काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा दुुई करोड ४७ लाख ७० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । चुक्ता पुँजी चार करोड २० लाख रुपैयाँ रहेको संस्थाले यस अवधिमा ६९ करोड ४६ लाख ८९ हजार रुपैयाँ निक्षेप संकलन गरी ९२ करोड ४६ लाख ८९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई करोड ३५ लाख ६८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा दुुई दशमलव ९१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा संस्थाको स्प्रेड दर भने चार दशमलव ८४ प्रतिशत रहेको छ ।