काठमाडौं ।
कुमारी बैंकका ग्राहकले पवन मिष्ठानअन्तर्गतका मिठाई पसलका खाद्यवस्तु किन्दा पाँच प्रतिशत छुट पाउने भएका छन । बैंकका अनुसार ग्राहकले गुणस्तरीय मिठाईहरूमा आकर्षक छुट प्राप्त गरी हर्षोल्लासका साथ तिहार मनाउन सकून् भन्ने अभिप्रायले बुटवलस्थित पवन मिष्ठान भण्डारसँग उक्त सम्झौता गरिएको हो ।
सम्झौतामा बैंकका तर्फबाट लुम्बिनी प्रदेश प्रमुख राममणि अधिकारी र पवन मिष्ठान भण्डारका प्रोप्राइटर पवनकुमार हलवाईले हस्ताक्षर गरेका छन् । बैंकले हाल देशव्यापीरुपमा एक सय ८४ शाखा–सञ्जाल, एक सय ४४ वटा एटीएम, २१ शाखारहित बैंकिङ एकाइ तथा १३ एक्टेन्सन काउन्टरमार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिँदै आएको छ ।