नयाँ दिल्ली । कोरोना महामारी सुरु भएयता भारतीय रेलवे क्षेत्रले हालसम्मकै न्यून आम्दानी गरेको भारतीय मिडियाहरुले बताएका छन् । नवभारत टाइम्सका अनुसार महामारीअघि यस क्षेत्रले १० प्रतिशत कमाइ गर्दै आएकोमा उक्त अवधिमा हालसम्मकै न्यून भएको जनाएको छ । धेरैजसो यात्रुवाहक रेलहरु अहिलेसम्म पनि चल्नसकेका छैनन् । यसबाट आयमा असर गरेको छ । आम्दानी घटेसँगै भारतीय रेलवेले करिब २७ सय करोड भारुको अपग्रेड योजना रद्द गरेको बताइएको छ ।