काठमाडौं ।
सुर्योदय लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड १८ लाख २७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड ४१ लाख ८० हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २१ करोड ५० लाख ४२ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा एक अर्ब २० करोड ७५ लाख १३ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ७८ करोड १३ लाख ७८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड ७८ लाख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड ९६ लाख ७९ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ९३ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ६८ करोड ६५ लाख ७३ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७३ करोड ८० लाख ३९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड ६९ लाख २१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ५४ लाख २७ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपत शून्य दशमलव ९३ प्रतिशत रहेको थियो ।