काठमाडौं ।
एनएलजी इन्स्योरेन्स कम्पनीले सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको साताको तेस्रो कारोबार दिन मंगलबार सात प्रतिशत बोनस सेयर समायोजन गरी प्रतिकित्ता सेयर मूल्य छ सय ६५ रुपैयाँ ४२ पैसा कायम गरेको हो । पछिल्लो पटक प्रतिकित्ता सात सय १२ रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको कम्पनीको बजार पुँजीकरण भने सात अर्ब ८० करोड ६१ लाख ९३ हजार पाँच सय ६० रुपैयाँ पुगेको छ । नेप्सेमा भने कम्पनीको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको एक अर्ब नौ करोड ६३ लाख ७५ हजार पाँच सय रुपैयाँबराबरको एक करोड नौ लाख ६३ हजार सात सय ५५ कित्ता सेयर सूचीकृत रहेको छ ।