काठमाडौं ।
सेयर बजार परिसूचक १७ सय अंकबाट पनि उकालो लागेको छ । साताको सुरुवाती कारोबार दिनदेखि उकालो लागेको बजार परिसूचक साताको चौथो कारोबार दिन बुधबार पनि २८ दशमलव ८९ अंकले उकालो लागेर १७ सय सात दशमलव ६७ अंकमा चढेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव २३ अंकले उकालो लागेर तीन सय ३५ दमसलव ६२ विन्दुमा चढेको छ ।
यसदिन धितोपत्र बजारमा एक सय ९५ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । ति कम्पनीहरुको ३६ हजार आठ सय ९३ पटकको कारोबारमा एक करोड २५ लाख २३ हजार छ सय ५१ कित्ता सेयर खरिद विक्ती हुंदा यसदिन कुल कारोबार रकम चार अर्ब नौ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) यसदिन १२ वटा समूहको सेयर कारोबार भएका छन् । जसमध्ये फाइनान्स समूहको सूचक दुई दशमलव ८६ अंकले ओरालो लागेर आठ सय ७० दशमलव ६८ अंकमा झरेको छ भने बाँकी समूहको सूचक उच्च अंकले बढेका छन् । यस दिन सबैभन्दा उच्च अंकले निर्जीवन बीमा समूहको सूचक उकालो लागेको छ ।
उक्त समूहको सूचक तीन सय ३९ दमसलव ३२ अंकले उकालो लागेर आठ हजार सात सय ७४ दशमलव ८४ अंकमा चढेकोमा वाणिज्य बैंक समूहको सूचक १४ दशमलव ८८ अंकले उकालो लागेर १३ सय १० दशमलव ८४ अंकमा चढेको छ । विकास बैंक समूहको सूचक पनि दुई दशमलव ९२ अंकले उकालो लागेर दुई हजार ९५ अंकमा चढेकोमा जलबिद्युत समूहको सूचक पनि चार दशमलव ३९ अंकले उकालो लागेर १४ सय ५१ दशमलव ५० अंकमा चढेको छ ।
यसैगरी लघुवित्त समूहको सूचक पनि सात दशमलव १४ अंकले उकालो लागेर २७ सय नौ दशमलव ९२ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि सात दशमलव तीन अंकले उकालो लागेर एक हजार दुई सय ५८ दशमलव २६ अंकमा चढेको छ । यी बाहेक ट्रेडिङ, होटल, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमश एक सय ४९ दशमलव ८३, ४७ दशमलव ३५, दुई दशमलव २१, ४९ दशमलव ६८ र शून्य दशमलव ५५ अंकले उकालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको साल्ट ट्रेडिङ कर्पोरेसन नेपाल लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेर पाँच हजार चार सय ४५ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको लक्ष्मी ईक्विटी फण्डको प्रतियुनिट सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर १० दशमलव २४ रुपैयाँमा किनबेच भएको छ । यी बाहेक नागरिक लगानी कोष, बिशाल बजार कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् ।
गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको आईसीएफसी फाइनान्सको सेयर मूल्य चार दशमलव ७८ प्रतिशतले घटेर दुई सय ९९ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको सेन्ट्रल फाइनान्सको सेयर मूल्य पनि दुई दशमलव ८९ प्रतिशतले घटेर एक सय ६८ रुपैयाँमा किनबेच भएको छ । यी बाहेक निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, कामना सेवा विकास बैक आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको नेपाल टेलिकमको प्रतिकित्ता नौ सय सात रुपैयाँ अन्तिम मूल्यमा २५ करोड ९० लाख २८ हजार नौ सय ३० रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको हिमालयन डिष्ट्रिलरी प्रालिको पनि प्रतिकित्ता २४ सय ७९ रुपैयाँ अन्तिम मूल्यमा १८ करोड ८६ लाख ४० हजार छ सय ९६ रुपैयाँको सेयर किनबेच भएको छ । यी बाहेक एनआईसी एसिया बैंक, नागरिक लगानी कोष आदिको पनि बढी रकम कारोबार भएका छन् ।