काठमाडौं ।
ग्लोबल आईएमई लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड ८४ लाख ३७ हजार सात सय ६० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा तीन करोड ३४ लाख ५१ हजार तीन सय २० रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २५ करोड ९५ लाख ७५ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासिक अवधिमा एक अर्ब ४४ करोड ५० लाख ५४ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ८२ लाख ८४ हजार चार सय ५० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात करोड १९ लाख ४३ हजार चार सय ६० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुुई करोड ९५ लाख ९९ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ६७ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब चार करोड ५२ लाख ५८ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ८२ करोड ६० लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ करोड १२ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम नौ लाख ५० हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ५४ प्रतिशत रहेको थियो ।