काठमाडौं, पुस १५
नेपालको लागि टीभीएस मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले टीभीएस म्याक्स सेमी ट्रेल १२५ सिसिको बिक्री सुरु गरेको छ । कम्पनीको उपाध्यक्ष दीपक अग्रवाल र नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं पीपीएल च्याम्पियन टिम चितवन राइनोजका कप्तान पारस खड्काले संयुक्त रुपमा टीभीएस म्याक्सलाई सार्वजनिक गरेका हुन् । पोखराको क्रिकेट मैदानमा सम्पन्न पिपिएलको अन्तिम चरणको खेलपछि उनीहरुले उक्त मोटरसाइकल सार्वजनिक गर्दै बिक्री प्रारम्भ भएको जानकारी गराएका हुन् । अफ् रोड टायर, हाई ग्राउण्ड क्लियरेन्स, ब्याकबोन च्यासिस, सिरिज स्पिङ्ग टेक्नोलोजीलगायतका विशेषता उक्त मोटरसाइकलमा रहेको कम्पनीले जनाएको छ ।
टीभीएस म्याक्स सेमी ट्रेलमोटरसाइकलको निर्माण अत्यधिक पावर दिने गरी, सबैभन्दा बढी सुविधा मिल्ने गरी र अत्याधिक माइलेज प्रदान गर्ने गरी गरिएको छ । यसले गर्दा मोटरसाइकल अहिलेसम्म बजारमा उपलब्ध अन्य मोटरसाइकलहरुको तुलनामा अत्यन्त शक्तिशाली, लागत बचत, अधिक मजबुत लगायत अन्य थप विशेषताहरुले भरपूर रहेको कम्पनीको दाबी छ । साथसाथै यसमा १२५ सिसिको इको सफ्ट इन्जिन जडान गरिएको छ भनें यसको इन्धन ट्याँकीमा १४.५ लिटर भर्न सकिन्छ, जसको कारणले अत्याधिक माइलेजका साथपर्याप्त सवार गर्न सकिन्छ । टीभीएस म्याक्स सेमी ट्रेल देशभर रहेका टीभीएस शो रुमहरुमा उपलब्ध गराइएको कम्पनीले बताएको छ । हाल यसको बजार मूल्य दुई लाख ३९ हजार नौ सय रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बिक्रीपछिको सर्भिसको लागि पनि सेवा उपलब्ध रहेको छ ।