काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले १८ करोड ४० लाख ९१ हजार रुपैयाँबराबरको साधारण सेयर जारी गर्नको लागि अनुुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले उक्त कम्पनीलाई आयोजना प्रभावित क्षेत्रका जनताको लागि एक सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी १८ लाख ४० हजार नौ सय १० कित्ता साधारण सेयर जारी गर्नको लागि अनुुमति दिएको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा भने ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।