काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले चार करोड रुपैयाँबराबरको साधारण सेयर निष्काशनको लागि अनुुमति माग गर्दै नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन दिएको छ । संस्थाले यही मंसिर तीन गते एक सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी चार करोड रुपैयाँबराबरको चार लाख कित्ता साधारण सेयर निष्काशन गर्नको लागि लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा भने नेपाल एसबीआई क्यापिटल लिमिटेड रहेको छ ।