काठमाडौं ।
नेपाल सेवा लघुुवित्त वित्तीय संस्थाले चालुु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा १६ लाख ७७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा ११ लाख ९५ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी छ करोड १५ लाख रुपैयाँ रहेको संस्थाले चालुु आवको पहिलो त्रैमासिक अवधिमा १० करोड ९५ लाख ६६ हजार रुपैयाँ निक्षेप संकलन गरी ६८ करोड २६ लाख ६१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा ६७ लाख ७९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ३० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले आठ करोड पाँच लाख ११ हजार रुपैयाँ निक्षेप संकलन गरी ४६ करोड चार लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ६८ लाख तीन हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव शून्य दुई प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।