काठमाडौं ।
दराज र नबिल बैकले संयुक्त रूपमा सारथी कार्यक्रम औपचारिक रूपमा सुरू गरेका छन् । यस रणनीतिक साझेदारीअन्तर्गत, दराज अनलाइन शपिङ बजारमार्फत व्यापार गर्ने साना तथा मझौला उद्यम (एसएमई)हरूले अब नबिल बैंकबाट विभिन्न कर्जा सुविधाहरू उपयोग गर्न सक्नेछन् । यो सारथि कार्यक्रम एसएमईहरूको योग्यतामा आधारित हुने बताइएको छ । दराजमा बिक्रेताको राम्रो कारोबारले उनीहरूलाई अझ न्यून ब्याजदर प्राप्त गर्ने अवसर दिनेछ ।
सारथि कार्यक्रमअन्तर्गत, एसएमई बिक्रेताहरूले आवश्यकताअनुसार विभिन्न कर्जा सुविधा प्राप्त गर्न सक्छन् । उनीहरूले एक करोड रुपैयाँसम्मको एसएमई कर्जा लिन सक्नेछन्, जुन दराज विक्रेताको लागि आकर्षक ब्याजदरमा उपलब्ध गराइएको छ । नबिल बैंकका डेपुटी सीईओ, सुजित कुमार शाक्य र दराज नेपालका प्रबन्धनिर्देशक, लिनो अलरिङ्गले एक विशेष समारोहमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।