बेइजिड. ।
चीनको संघाई सहरले बेलायती सहरलाई विश्वकै सञ्जाल जोडिएको सहरबाट पछि पारी पहिलो नम्बरमा छानिएको छ । कोरोना भाइरस संक्रमणले अन्तर्राष्ट्रिय यात्रामा प्रभाव पार्दा संघाई पहिलो नम्बरमा परेको हवाइ उद्योगसम्बन्धी विश्व संस्था द इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए)ले जनाएको छ ।
बीबीसीका अनुसार हवाइ यात्रामा लन्डनले ६७ प्रतिशत गुमाएको पनि उसले बतााएको छ । चारवटा विश्वकै धेरै सञ्जाल जोडिएका सहरमा चीनले नै बाजी मारेको छ । आईएटीएका अनुसार महामारीले सय वर्षयताको सहरहरुबीचको सञ्जाल जोड्ने प्रगतिलाई उल्ट्याएको छ । आईएटीएका प्रवक्ताा सेबास्टियन मिकोस्जले भने, ‘विगतका महिनाहरुमा विश्व सञ्जाल नाटकीय रुपमा परिवर्तन भएको छ ।’ विश्वका ठूला यात्रा गन्तव्यहरु लन्डन, न्युयोर्क र टोक्योमा उडान संख्या ह्वात्तै घटेको छ भने नयाँ गन्तव्यमा बाक्लिएको छ । यसका बाबजुद महामारीले सबैतिर असर गरेको उनको भनाइ छ ।
चीनमा भने हवाइ यात्रामा महामारीले पारेको क्षति विस्तारै पूर्ति हुँदै गइरहेको छ । चिनियाँ पर्यटन मन्त्रालयका अनुसार विदाको हप्तामा चीनमा ४२ करोड ५० लाख मानिसले हवाइ यात्रा गरेका छन् । चीनले केही यात्रा करिडोर खुलला समेत गरेको छ भने कतिपय अवस्थामा जापान र सिंगापुरसँग क्वारेन्टाइन बस्नु नपर्ने सम्झौतामा हस्ताक्षर समेत गरेको छ । विश्व सञ्जाल जोडिएको चार सहरमा अहिले संघाई, बेइजिङ, ग्वान्झाउ र छेन्दु छन् । यी चारवटै चिनियाँ सहर हुन् ।
गत हप्तामात्रै चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्व हवाइ यात्रामा क्युआर कोड राख्ने प्रस्ताव गरेका थिए । यस्तो सञ्जाल थाइल्यान्डको राजधाानी बैंकक र हङकङ दुवै सहरमा ८१ प्रतिशतले घटेको बताइएको छ । आईएटीएको एयर कनेक्टिभिटी सूचकांकले एउटा देशको सहर कसरी अर्को देशको सहरसँग अन्तर्सम्बन्धित भएको हुन्छ भन्ने मापन गर्छ । जुन व्यापार, पर्यटन, लगानी र उनीहरुको अर्थतन्त्रको लागि एकदमै महत्वपूर्ण हो । त्यस्तै उसले ४ करोड ६० लाख यस क्षेत्रको रोजगारी संकटमा परेको पनि जनाएको छ ।