काठमाडौं ।
एनएमबि बैंकले बुटवलको देवीनगरमा बुधवार नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो बैंकको एक सय ७३औं शाखा हो । हालको परिवेश र सम्बन्धित सबैको स्वास्थ्यलाई ध्यानमा राख्दै भौतिक दूरी र सुरक्षाका सम्भव उपायहरू अवलम्बन गर्दै प्रदेश कार्यालयका कर्मचारी वर्ग र बैंकको केन्द्रीय कार्यालयबाट व्यवस्थापन समितिका सदस्यहरू भने भर्चुअलरुपमै उपस्थित भई उक्त शाखाको शुभारम्भ गरिएको बैंकका लुम्बिनी प्रदेश प्रमुख मोहन केसीले बताए ।
बैंकको अब लुम्बिनी प्रदेशमा जम्मा २८ शाखाहरू पुगेका छन् र आफ्ना नवीनतम सेवा सुविधाहरू लिएर ग्राहकहरूसम्म पुग्ने क्रम बैंकले जारी राख्ने बताइएको छ । सेवा विस्तार रणनीतिको रूपमा नयाँ शाखाले देशैभरि सबै सेगमेण्टको वित्तीय आवश्यकतालाई पूरा गर्ने प्रयास गर्नुको साथै बैंकको उपस्थितिको आधारलाई मजबुत बनाउनेछ विश्वास गरिएको छ । बैंकले हाल सबै क्षेत्रमा गरी एक सय ७३ शाखाहरू, आठवटा विस्तारित काउन्टरहरू र एक सय ३५ एटीएमहरूको मजबुत सञ्जालका साथै १० हजार चार सय १६ क्यूआर र चार सय ३४ भन्दा बढी पोस मेसिनमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।