काठमाडौं ।
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी दुई अर्ब २५ करोड ८९ लाख ३१ हजार सात सय ९७ रुपैयाँमध्येबाट सात प्रतिशतका दरले १५ करोड ८१ लाख २५ हजार दुई सय २६ रुपैयाँबराबरको बोनस सेयर र चुक्ता पुँजीको आठ प्रतिशतले हुुने १८ करोड सात लाख १४ हजार पाँच सय ४४ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश बितरणसम्बन्धी सञ्चालक समितिको यही मंसिर १२ गते बसेको एक सय ४०औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृती एवं कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।