काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा दुुई करोड ३७ लाख ८५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ५८ लाख ३५ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको कम्पनीको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा प्रति सेयर आम्दानी नौ रुपैयाँ ५१ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय १२ रुपैयाँ ६६ पैसा रहेको छ ।