काठमाडौं । कुमारी बैंकले सेयर मूल्य समायोजन गरेको छ । बैंकले सोेमबार १० दशमलव ८५ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य दुुई सय ७३ रुपैयाँ तोकेको हो । पछिल्लो पटक प्रतिकित्ता तीन सय तीन रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भएको बैंकको बजार पुँजीकरण भने ४२ अर्ब पाँच करोड १७ लाख ७९ हजार आठ सय ५६ रुपैयाँ पुुगेको छ । नेप्सेमा भने बैंकको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको १३ अर्ब ८७ करोड ८४ लाख ७५ हजार दुुई सय रुपैयाँबराबरको १३ करोड ८७ लाख ८४ हजार सात सय ५२ कित्ता सेयर सूचीकृत रहेको छ ।