काठमाडौं । हिमालयन बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षमा आर्जन गरेको खुद मुनाफामध्येबाट आफ्ना सेयरधनीहरूलाई १४ प्रतिशत बोनस सेयर र छ प्रतिशत नगद लाभांशसहित कुुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणका सम्बन्धमा बैंकको यही मंसिर १४ गते बसेको तीन सय ९३ औं सञ्चालक समितिको बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।