काठमाडौं, पुस १६
कामना सेवा विकास बैंक लिमिटेडले छवटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा गत हप्ता मात्र प्रदेश नं. ३ अन्तर्गत काठमाडौँं जिल्लाको चपली, कुलेश्वर, बालाजु र बौद्ध साथै प्रदेश नं. ५ अन्तर्गत रुपन्देही जिल्लाको कञ्चन गाउँपालिकास्थित गरगरे र सियारी गाउंपालिकाको पडसरीमा गरी कुल छवटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा बृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरुलाई समय सापेक्ष अझै उच्चस्तरको बैंकिङ सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।
बैंकले देशका विभिन्न भागहरुमा एक सय १४ वटा शाखा तथा ६० वटा एटीएममार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी–आस्वालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समयसापेक्षरुपमा आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।
कामना सेवा विकास बैंक र एमएडब्लूबीच सम्झौता :- कामना सेवा विकास बैंक लिमिटेड र एमएडब्ल्यू भ्रिद्धि कमर्सियल भेहिकल्स प्रालिबीच सम्झौता भएको छ । दुवै संस्थाका प्रमुखरुबीच व्यापारीक सम्झौता भएको हो । सम्झौताअनुसार एमएडब्ल्यू भ्रिद्धि कमर्सियल भेहिकल्स प्रालिमार्फत सिफारिस भई अएका ग्राहकहरूले कामना सेवाका सबै शाखा कार्यालयहरुबाट सहजर छरितोरुपमा फोटोन ब्राण्डका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन् ।
सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एमएडब्ल्यूका तर्फबाट प्रबन्धक निर्देशक विवेक सिकारियाले हस्ताक्षर गरेका छन् । बैंकले हाल सबै क्षेत्रमा गरी एक सय १४ वटा शाखा, ६० वटा एटीएम काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी–आस्वालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने लक्ष्य लिएको जानकारी दिएको छ ।