काठमाडौं । नेपाल बंगलादेश बैंकले आठ दशमलव ४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षमा कमाएको खुुद मुनाफा मध्येबाट चुक्ता पुँजीको छ प्रतिशत बोनस सेयर र दुुई दशमलव ४२ प्रतिशत नगद सहित उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणका सम्बन्धमा बैंक सञ्चालक समितिको यही मंसिर १५ गते सोमबार बसेको तीन सय ६१औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।