काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रभुु लाइफ इन्स्योरेन्स कम्पनीलाई साधारण सेयर जारी गर्नको लागि अनुुमति दिएको छ । बोर्डले उक्त कम्पनीलाई एक सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति दिएको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा भने सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।