काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले २६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव ३१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणका सम्बन्धमा सञ्चालक समितिको यही मंसिर २३ गते मंगलबार बसेको तीन सय ९६औं बैठकले गरेको निर्णय निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।